समाचार

अनुपा श्रेष्ठले दिइन् विवेकशील साझा पार्टीबाट राजीनामा

२६ जेष्ठ २०७९, बिहीबार ०८:३१
अनुपा श्रेष्ठले दिइन् विवेकशील साझा पार्टीबाट राजीनामा

२६ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ अनुपा श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन् । दुई दिन पहिले सचिवालय प्रमुखलाई राजीनामा बुझाएको उनले बताइन् ।

राजीनामा बुझाउने मान्छे कोही नभएपछि सचिवालय प्रमुखलाई बुझाएको बताइन् । “अहिले पार्टीमा कोही छैन । त्यसैले सचिवालय प्रमुखलाई राजीनामा बुझाएकी हुँ,” उनले भनिन् ।

स्थानीय तह निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको र पार्टीमा मुख्य पदधारण गरेका व्यक्तिहरुले बिगारेको इमेजको कारणले राजीनामा दिएको उनको भनाइ छ ।

“यसपटकको चुनावी नतिजा सबैले देखेकै छन् । म पहिला ५ नम्बर क्षेत्रबाट तराजु लिएरै उठेको हो । पहिलोपटक उठ्दा धरै साथ सहयोग पाएकी थिएँ । ५५ सय भोट पाएको पनि हो ।  “पार्टीलाई अनिर्णयको बन्दी र केही पनि उपलब्धि नहुने भएपछि केन्द्रीय समितिको सदस्य बसिरहनु ठिक छैन । त्यो भन्दा पार्टी ल्याग्नु नै उचित हुन्छ भनेर त्यागेको हो,” उनले भनिन् । उनले अब आफूले के गर्ने भन्नेबारेमा निर्णय गरिनसकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्