समाचार

आज पनि धेरै ठाउँमा पानी पर्ने

२६ जेष्ठ २०७९, बिहीबार ०२:५०
आज पनि धेरै ठाउँमा पानी पर्ने

२६ जेठ, काठमाडौं। आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले पानी पर्न रोकिएका काठमाण्डौ लगायतका ठाउँमा दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताए। उनका अनुसार पछिल्लो समय प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै ठाउँमा लगातारजसो पानी परिरहेको छ । अन्य प्रदेशमा भने केही ठाउँमा मात्र वर्षा भएको छ ।

भिरालो जमिन र नदी, खोला आसपासमा बसोबास गर्नेहरुलाई सावधानी अपनाउन मौसमविद्को आग्रह छ । नेपालमा सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने भनिए पनि गएको ५ तारिखमा नै भित्रिएको छ । अहिले प्रदेश-१ मा मनसुनी गतिविधि सक्रिय छ । अन्य प्रदेशमा भने मनसुन सक्रिय भइसकेको छैन । नेपालको पूर्वी क्षेत्रमा मनसुनी वायुको सामान्य प्रभाव परेको छ ।

प्रतिक्रिया दिनुहोस्