समाचार

‘प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्नका लागि ल्याइएको होइन’

२५ जेष्ठ २०७९, बुधबार १३:२६
‘प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्नका लागि ल्याइएको होइन’

२५ जेठ, काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्नका लागि नल्याइएको बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ पूर्वप्रधानमन्त्री खनालले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याइएको बताए । उनले प्रस्ताव दर्ता पछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पुर्याउनका लागि महाअभियोग लगाइएको बताए । उनले महाअभियोगलाई टुंगोमा पुर्याउनका लागि अझै समय बाँकी रहेको बताए ।

 त्यो समितिको के उत्तरदायित्वको निम्ति, के कार्यभारको निम्ति त्यो समिति गठन भएको हो? त्यो समितिले आफ्नो उत्तरदायित्व पूरा गर्न, दिएको जिम्मेवारी पूरा गर्न, खोइ मलाई जिम्मेवारी दिएको? भन्नु पर्‍यो। अनि संसदले काम गर्नुपर्‍यो। त्यसपछि त अगाडि बढिहाल्छ नि।

पूर्वप्रधानमन्त्री खनालले महाअभियोग प्रस्तावको सम्बन्धमा संसदले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्नुपर्ने बताए । समितिले आफ्नो काम गरिसकेपछि संसदमा बाँकी प्रक्रिया अगाडी बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्