समाचार

एक रेष्टुरेन्टमा इन्टर्न गर्न गएकी युवती बलात्कृत

२५ जेष्ठ २०७९, बुधबार ०२:३१
एक रेष्टुरेन्टमा इन्टर्न गर्न गएकी युवती बलात्कृत

२५ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित हात्तिसारमा एक रेष्टुरेन्टमा इन्टर्न गर्न गएकी युवती बलात्कृत भएकी छिन्।

पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखा तामाकोशी गाउँपालिका–६ का २० वर्षीय जीवन फुयाँल खत्री रहेका छन् । पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी युवती बलात्कार भएको सूचना प्रहरीले गत सोमबार राति साढे ११ बजे पाएको थियो। त्यसपछि प्रहरी वृत्त, दरबारमार्गबाट टोली खटिएर अनुसन्धान सुरु गरेको थियो।

दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका खत्रीलाई जबरजस्ती करणीको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्