समाचार

जिल्ला समन्वय समितिको प्रमुखमा धनजित शाही (आदर्श) र उप-प्रमुखमा मिना रावत(विक) विजय

२४ जेष्ठ २०७९, मंगलवार ०८:३७
जिल्ला समन्वय समितिको प्रमुखमा धनजित शाही (आदर्श) र उप-प्रमुखमा मिना रावत(विक) विजय

२४ जेठ, कालिकोट । कालिकोट जिल्ला समन्वय समितिमा नेकपा माओवादी केन्द्रबाट प्रमुखमा धनजित शाही (आदर्श )र उपप्रमुखमा मिना रावत(विक) विजय भएका छन् ।

मंगलबार भएकाे जिसस निर्वाचनमा गठबन्धन प्यानल विजयी भएकाे हाे । प्रमुखमा माओवादीका धनजित शाही (आदर्श )विजयी भएका छन् भने नेकपा एमालेबाट तुलाराज शाही पराजित भएका छन् ।

समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार आदर्श ले १५ मत ल्याएर विजयी भएका छन् भने शाही का प्रतिद्वन्द्वी नेकपा एमालेका तुलाराज शाहीले भने २ मत ल्याएका छन् ।

May be an image of 13 people, people standing and indoor

कालिकोटमा जिससमा नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी)बिच गठबन्धन भएको छ । अन्य सदस्यहरु नेकपा माओवादी केन्द्रका अजय बहादुर बम,वीर बहादुर रावत,अप्सरा कुमाल,सुर्जा कुमारी रोकाया(फडेरा)छन् भने, नेपाली काँग्रेसका धन बहादुर शाही,काली बहादुर नेपाली र नेकपा एकीकृत समाजवादीका धनसरा विष्ट निर्वाचित भएकि छन् ।

गठबन्धनको संयुक्त विजयी र्‍याली समेत निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्