समाचार

गाँउपालिका बासिलाई मतदाता नामावली दर्ता गराउन गाँउपालिका अध्यक्ष भिजनको आह्वान

२४ जेष्ठ २०७९, मंगलवार ०३:१०
गाँउपालिका बासिलाई मतदाता नामावली दर्ता गराउन गाँउपालिका अध्यक्ष भिजनको आह्वान

२४ जेठ, कालिकोट । यही असार १ गते देखि उमेर पुगेका नागरिकलाई निर्वाचन आयोगले मतदाता नामावली दर्ता गराउन आह्वान गरेको छ ।

महावै गाँउपालिकामा नवनिर्वाचित अध्यक्ष खेम बाहदुर सिंह(भिजन)ले आफ्ना गाँउपालिका बासिलाई मतदाता नामावली दर्ता गराएर आफ्नो अमुल्य मतको कदर गर्न उमेर पुगेका सबै गाँउपालिका बासिलाई नामावली दर्ता गराउन आह्वान गरेका छन् ।

गाँउपालिका बासिलाई अहिले सुनौलो अवसर आएको छ । यो अवसर गुम्न नदिन गाँउपालिका बासिलाई छिटो भन्दा छिटो गइ इलाका प्रशासन कार्यालयबाट आफ्नो मतदाता नामावली दर्ता गराउन गाँउपालिकामा अध्यक्ष भिजनले बताएका छन् ।

आयोगले निम्न हद तोकेको छ । जसमा  नयाँ मतदाता नामावली दर्ता गर्न, बिवरणमा रहेका त्रृटी सच्याउन, मतदाता नामावली बाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन लगायत आयोगले बताएको छ ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्