समाचार

प्रतिनिधिसभा बैठक बस्दै

२४ जेष्ठ २०७९, मंगलवार ०२:२२
प्रतिनिधिसभा बैठक बस्दै

२४ जेठ,  काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसदको भवनमा बस्न लागेको हो । आजको बैठकमा पनि विनियोजन  विधेयक,  २०७९  को  विभिन्न  शीर्षकहरूमाथि छलफल हुनेछ ।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय मन्त्रालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभिन्न शीर्षकमाथि पनि छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्