राजनीति

मुस्ताङ जिल्ला समन्वय समितिमा निर्विरोध

२४ जेष्ठ २०७९, मंगलवार ०२:१०
मुस्ताङ जिल्ला समन्वय समितिमा निर्विरोध

२४ जेठ,  मुस्ताङ । मुस्ताङ जिल्ला समन्वय समितिमा नेकपा (एमाले) र राप्रपाका उम्मेदवारी निर्विरोध भएको छ ।

निर्वाचनमा नेकपा (एमाले) र राप्रपाको एकल उम्मेदवारी परेपछि प्रमुख र उपप्रमुखसहित एमालेका छ सदस्य र राप्रपाका एक सदस्य निर्विरोध भएका हुन् ।

जिसस निर्वाचनको लागि सोमबार बिहान १० बजेदेखि २ सम्म उम्मेदवारी मनोनयपत्र दर्ता गर्ने कार्यतालिका रहेकोमा नेकपा एमालेको ६ र राप्रपाको १ जना सदस्यको मात्र एकल उम्मेदवारी परेकाले उनीहरु स्वतः निर्विरोध निर्वाचित भएको नेकपा एमाले जिल्ला सचिव बिनोद विसीले जानकारी दिए।

जिसस मुस्ताङको प्रमुखमा वारागुङ मुक्तिक्षेत्र-१ झारकोटकी माया गुरुङ जिसस प्रमुख र घरपझोङ गाउँपालिका–३ स्याङका आईतेलाल थकाली जिसस उपप्रमुख पदमा निर्विरोध निर्वाचित भएका हुन्। यस्तै जिससको सदस्य पदमा थासाङ गाउँपालिकाबाट उमेश विक, घरपझोङ गाउँपालिकाबाट विन्दु नेपाली, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट शान्ता कुमारी विक र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट टसि ल्हामो सेनचरीको एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। यसअघि स्थानीय तह निर्वाचनमा सहकार्य गरेको राप्रपालाई एमालेले समर्थन गर्दै विमल नेपालीलाई निर्विरोध गराउन सहयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्