राजनीति

बागी उम्मेदवार बनेका एमाले नेता मिश्र पत्नीसहित कांग्रेसमा प्रवेश

२३ जेष्ठ २०७९, सोमबार ०९:३२
बागी उम्मेदवार बनेका एमाले नेता मिश्र पत्नीसहित कांग्रेसमा प्रवेश

२३ जेठ, काठमाडौं । नेकपा एमालेले बागी उम्मेदवारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

एमालेले पार्टी निष्कासन गरेका ओखलढुंगाको चम्पादेवी गाउँपालिका कमिटीका पूर्व अध्यक्ष खेम मिश्र नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

केन्द्रीय सदस्य रामहरि खतिवडाको पहलमा मिश्र र उनकी श्रीमती कविता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिई पार्टी प्रवेश गरेका हुन् ।

उनले ३० मत पाएका थिए । बागी उम्मेदवारी दिएपछि एमालेले मिश्रलाई गाउँपालिका कमिटी अध्यक्षसहित साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्