समाचार

प्रेमिका बनाएर सामूहिक बलात्कार

२३ जेष्ठ २०७९, सोमबार ०९:२२
प्रेमिका बनाएर सामूहिक बलात्कार

२३ जेठ, बाँके । बाँकेमा फेसबुकबाट चिनजान र प्रेम सम्बन्ध भएको युवकको बर्थडे मनाउन गएकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन् ।

पीडित किशोरी र  बैजनाथ ८ का एक १७ बर्षीय किशोरका बीचमा विगत एकवर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान हुनुका साथै माया प्रेम बसेको थियो ।

शनिबार दिउँसो उनै १७ वर्षीय किशोरको आफ्नो जन्मदिन मनाउन भनेर ती किशोरीलाई बाँके र बर्दिया जिल्लाको सीमानामा पर्ने मानखोला जंगल क्षेत्रमा आउन आग्रह गरे । राप्ती सोनारीबाट ती किशोरी सार्वजनिक बस चढेर प्रेमीको जन्मदिन मनाउन भनेर पुगिन् । तर, त्यहाँ ती किशोरका अरु साथीहरु पनि थिए ।

बलात्कारमा संलग्न पाँचजना र सहयोगीसहित सात जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ का हुन् । उनीहरु १६ वर्षदेखि २५ बर्षसम्मका छन् ।

बाँके जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले पीडित बालिकाको बयानका आधारमा पक्राउ परेकाहरुलाई जबर्जस्ती करणी गरेको अभियोगमा अनुसन्धान भइरहेको  जनाए ।

बाँके प्रहरीले बलात्कार अभियोगमा हेमराज थारु र उनका साथीहरू विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुसहित सहयोगीका रुपमा विश्वनाथ थारु र निर्देशन थारुलाई पक्राउ गरेको छ । उनीहरूमध्ये एकजना १६ वर्ष र अन्य २३ देखि २५ वर्ष उमेर समूहका छन् ।

प्रतिक्रिया दिनुहोस्