राजनीति

कर्णालीका जिससमा सत्ता गठबन्धनको भागबण्डा

२३ जेष्ठ २०७९, सोमबार ०२:५६
कर्णालीका जिससमा सत्ता गठबन्धनको भागबण्डा

२३ जेठ, सुर्खेत। सत्तागठबन्धनले कर्णालीका १० जिल्लाको जिल्ला समन्वय समिति गठनमा भागबण्डा गरेका छन् ।

सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले जिल्ला समन्वय समितिका लागि भागबण्डा गरेका हुन्।

यद्यपि, सुर्खेतको जिसस प्रमुख कसले लिने भन्नेबारे सहमति भइनसकेको बताइएको छ । सुर्खेतमा एमाले र माओवादीबीच तालमेल हुने चर्चा पनि छ । दुई दिन लगातार बसेको प्रदेश संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो ।

माओवादीले कर्णालीका ३२ स्थानीय तहमा एक्लै जित हात पार्ने स्थिति भए पनि विविध कारणले परिणाम आफ्नो पक्षमा नआएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्