राजनीति

‘बजेटमा सपना मात्रै बाँडियो : शंकर पाेखरेल

२२ जेष्ठ २०७९, आईतवार १३:२६
‘बजेटमा सपना मात्रै बाँडियो : शंकर पाेखरेल

२२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुने गरी अघि बढिरहेको आरोप लगाए ।

महासचिव पोखरेलले गठबन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकमा विद्यमान राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने बताए । आइतबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको अन्तरक्रियामा बोल्दै उनले जनतामा चरम निराशा छाउने गरी बजेटबाट सपना बाँडिएको र त्यसले मूलधारका राजनीतिक पार्टीहरुप्रति जनताको असन्तुष्टि झनै बढेर जाने खतरा रहेको तर्कसमेत गरे ।

महासचिव पोखरेलले भन्नुभयो, ‘बजेटमा सपना मात्रै बाँडिएको छ । त्यसले जनतामा चरम निराशा पैदा हुन्छ । राजनीतिक प्रणालीमाथि प्रहार गर्ने बाटोतर्फ गठबन्धन सरकार अगाडि बढेको छ । बजेटमा ठूलाठूला कुरा गरिएको छ । समग्रमा भन्नुहुन्छ भने  याे बजेट व्यापारिक पुँजीवाद वा दलाल नोकरशाही पुँजीवादको हिमायतीको रूपमा प्रकट भएको छ ।’

महासचिव पोखरेलले बैंकहरुले लगानी गर्ने अवस्था नभएको बेला आगामी आर्थिक वर्ष उत्पादन वृद्धि गर्ने सरकारले सोच नै वस्तुपरक नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्