राजनीति

माओबादी केन्द्र कालिकोटको समिक्षात्मक बैठक शुरु

२२ जेष्ठ २०७९, आईतवार ०७:५९
माओबादी केन्द्र कालिकोटको समिक्षात्मक बैठक शुरु

२२ जेठ, कालिकोट ।  नेकपा माओबादी केन्द्र कालिकोटमा समिक्षात्मक बैठक शुरु भएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचन र  स्थानीय तह निर्वाचन २०७९ पश्चात् पार्टी नयाँ ढंग रुपान्तरण सहित नयाँ उचाइमा उठाउने अघि बढ्ने लागायत समसामयिक बिषयमा छलफल भएको जिल्ला समन्वय समितिका संयोज लक्ष्मी प्रसाद चौलागाई(शैलेन्द्र) ले बताए ।

दिउसो १ बजे देखि जिल्ला समन्वय समितिको हलमा बैठक शुरु भएको छ । बैठकमा माओवादी केन्द्रका केन्दीय सदस्य तथा पुर्वमुख्य मन्त्रि महेन्द्र बहादुर शाही, कालिकोट जिल्ला समन्वय समितिका संयोज लक्ष्मी प्रसाद चौलागाई(शैलेन्द्र) लागायत निर्वाचित जनप्रतिनिधि उपस्थित रहेका छन्  ।

बैठक पुन: भोलि अर्थात जेठ २३ गते पनि बस्ने जिल्ला समन्वय समितिका संयोज चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्