समाचार

तिलागुफा नगरपालिकाका नवनिर्वाचित उप-मेयर महेन्द्र बहादुर शाहीलाई पितृ शोक

२२ जेष्ठ २०७९, आईतवार ०७:१३
तिलागुफा नगरपालिकाका नवनिर्वाचित उप-मेयर महेन्द्र बहादुर शाहीलाई पितृ शोक

२२ जेठ, काठमाडौं । कालिकोट जिल्ला तिलागुफा नगरपालिकाका नवनिर्वाचित उप-मेयर महेन्द्र बहादुर शाहीलाई पितृ शोक परेको छ ।

शाहीका ६४ वर्षीय बुवा नर बहादुर शाहीको आइतबार विहान काठमाडौको टिचिङ हस्पिटल निधन भएको हो । लामो समय देखि दीर्घ रोगी थिए । शाहीको उपचारको क्रममा आज बिहान निधन भएको हो । उप-मेयर शाहीले सामाजिक सञ्जाल फेसबुकमा बुबाको तस्बिर पोस्ट गर्दै आफुलाई पितृ शोक परेको बताएका छन् ।

महेन्द्र नेकपा (एमाले)का कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् ।  उनी पुर्व माओवादीका नेता हुन् । उनी माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेका थिए । उनी यस स्थानीय तहको चुनावमा उप-मेयरमा शाही भारी मतले विजय भएका थिए । शाहीको अन्तिम दाहसंस्कार आज पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्