अर्थ / वाणिज्य

कालिकोटका ९ वटै स्थानीय तहको लागी बजेट विभाजन

२२ जेष्ठ २०७९, आईतवार ०६:४८
कालिकोटका ९ वटै स्थानीय तहको लागी बजेट विभाजन

२२ जेठ, कालिकोट । कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा अगामी बर्ष २०७९/ ८० को लागी बजेट बाँडिएको छ ।

संघीय सरकारले ९ वटै स्थानीय तहको लागि आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट विभाजन गरिएको छ । कालिकोटमा तिन नगरपालिका र गाउँपालिका रहेका छन् । जसमा बजेट यस प्रकार बाँडिएको छ ।

जसमा खाँडाचक्र नगरपालिकामा ४१ करोड ९१ लाख, रास्काेट नगरपालिकामा ३२ करोड ७१ लाख र तिलागुफा नगरपालिकामा ३३ करोड ६६ लाख बजेट बिभाजन गरिएको छ ।

त्यस्तै शुभकालिका गाँउपालिकामा२९ करोड ९ लाख,महावै गाँउपालिकामा २० करोड २० लाख,पचालझरना गाँउपालिकामा२८ करोड ७१ लाख,सान्नि त्रिवेणी गाँउपालिकामा २८ करोड ५८ लाख,पलाता गाँपालिकामा २७ करोड ४ लाख,नरहरिनाथ गाँउपालिकामा ३७ करोड १ लाख बजेट बिभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्