समाचार

घनश्याममाथि कारवाही सिफारिसमा योगेशको असन्तुष्टि

२२ जेष्ठ २०७९, आईतवार ०१:१९
घनश्याममाथि कारवाही सिफारिसमा योगेशको असन्तुष्टि

२२ जेठ, काठमाडौं । नेकपा (एमाले)को अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् ।

पार्टीको अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही सिफारिसको निर्णय गरेका बेला योगेशले सांकेतिक रुपमा असन्तुष्टि जनाएका हुन्। यस्तो निर्णयले पार्टीलाई सही ठाउँमा नपुर्‍याउने उनको चिन्ता छ।

‘सामाजिक सञ्जालमा उनी लेख्छन् -‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्‍याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध।’

स्थानीय तहको निर्वाचनपछि एक अन्तर्वार्तामा भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेको भन्दै शनिबार अनुशासन आयोगले कारवाही सिफारिस  गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्