समाचार

रात्रिकालीन बस दुर्घटना ३६ जना यात्रु घाइते

२२ जेष्ठ २०७९, आईतवार ०१:१२
रात्रिकालीन बस दुर्घटना ३६ जना यात्रु घाइते

२२ जेठ, जनकपुर । जनकपुरबाट भैरहवातर्फ आइरहेको यात्रुसहितको बस आइतवार बिहान परासी भैरहवा हुलाकी राजमार्ग खण्डमा दुर्घटना भएको छ । दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

बस भैरहवानजिकै रोहणी खोलामा दुर्घटना भएको हो । लु२ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान ५ : ४५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ  ।

घटनामा उद्दारमा झण्डै ३६ घाइते यात्रुलाई भैरहवास्थित भीम अस्पताल पुर्‍याइएको छ । जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्धार गर्ने क्रम जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्