राजनीति

जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते हुने

२१ जेष्ठ २०७९, शनिबार ११:३९
जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते हुने

२१ जेठ, जुम्ला । जुम्ला जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ २९ गते हुने भएको छ।

सदरमुकाम खलङ्गास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालकाका अनुसार जेठ २९ गते हुने निर्वाचनका लागि २१ गते मतदाता नामावली प्रकाशन, २४ गते उम्मेदवारी दर्ता, २७ गते निर्वाचन चिह्न प्रदान गरिने भएको छ।

प्रमुख र उपप्रमुखसहित नौ सिटका लागि निर्वाचन हुने भएको छ ।  यसैगरी जिसस निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउनेछन्। जिल्लामा एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ स्थानीय तह छन्।

जसमा चन्दननाथ नगरपालिकामा उपप्रमुख, कनकासुन्दरी, हिमा, पातारासी, गोठीचौर र तातोपानी गाउँपालिकाको अध्यक्षमा विजय भएको थियो भने हिमा र कनकासुन्दरी गाउँपालिकाको उपाध्यक्षमा काँग्रेस विजय भएको छ ।

यस्तै माओवादी केन्द्रले सिँजा र तिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित सिँजा, पातारासी गाउँपालिकामा उपाध्यक्ष माओवादीले जितेको छ।

यता नेकपा एकीकृत समाजवादीले गुठीचौर गाउँपालिकामा उपाध्यक्ष तथा स्वतन्त्र उम्मेदवार राजुसिँह कठायतले चन्दननाथ नगरपालिकामा नगरप्रमुखमा विजयी भएका छन्।

जम्मा १६ मतदातामध्ये आठ कांग्रेस, ६ माओवादी, एक समाजवादी र एक स्वतन्त्र उम्मेदवार छन्। नेपाली कांग्रेसले समन्वय प्रमुखको नेतृत्व लिने करिब पक्का देखिएको छ। कांग्रेसलाई बहुमत पुग्न एक मत आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्