राजनीति

गठबन्धन टिम निर्बिरोध

२१ जेष्ठ २०७९, शनिबार ०४:५२
गठबन्धन टिम निर्बिरोध

२१ जेठ, पाँचथर। जिल्ला समन्वय समिति पाँचथरका प्रमुख, उपप्रमुख तथा सदस्यहरू निर्विरोध भएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएसँगै उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

जेठ २३ गते हुने निर्वाचनका लागि प्रमुख पदमा कांग्रेसका रामराज आङ्देम्बे, उपप्रमुखमा माओवादी केन्द्रका यामकुमार आङ्बोको उम्मेदवारी दर्ता भएको हो । यस्तै ७ जना सदस्यका लागि पनि गठबन्धन तर्फबाटै एकल उम्मेदवारी परेको हो ।

सदस्यमा कांग्रेसबाट डिलेन्द्रकुमार शेर्मा लिम्बू, टेकराज योङहाङ र हिमवती जवेगू निर्वाचित भए। माओवादी केन्द्रबाट रिना गुरुङ, मणीकुमार थाम्सुहाङ र अमृत राई निर्वाचित भएका छन्। नेकपा एसबाट लेन्जु थाम्सुहाङ निर्वाचित भए।

९ सदस्यीय समन्वय समितिमा जिल्लाको कूल मतभार १६ रहेको छ । ८ पालिका रहेको जिल्लामा प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ । कांग्रेसका ७, माओवादी केन्द्रका ६ र एमालेको ३ मत रहेकोमा एमालेले उमेद्वारी दर्ता नै गरेन ।

प्रतिक्रिया दिनुहोस्