राजनीति

प्रचण्ड भेट्न काठमाडौंका मेयर बालेन शाह पुगे खुमलटार

२१ जेष्ठ २०७९, शनिबार ०४:२०
प्रचण्ड भेट्न काठमाडौंका मेयर बालेन शाह पुगे खुमलटार

२१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन्।

मेयर शाहले पछिल्लो समय उच्चस्तरीय भेटवार्ता जारी राखेका छन् । सुरुमा उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । त्यसलगत्तै उनले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । आज भने उनी प्रचण्डसँग भेट्न गएका हुन् ।

शाहसँगको भेटमा अध्यक्ष प्रचण्डले राम्रो काममा आफ्नो साथ रहन आश्वासन दिएका थिए । प्रचण्डले भने. ‘तपाईंको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो । पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर – सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ त्यसैले हजुरलाई हाम्रो सधैँभरि साथ र सहयोग हुनेछ। “

प्रतिक्रिया दिनुहोस्