समाचार

जिल्ला समन्वय समितिको प्रमुखमा माओवादीको तर्फबाट धनजित शाही (आदर्श)को उम्मेदवारी

२१ जेष्ठ २०७९, शनिबार ०१:२७
जिल्ला समन्वय समितिको प्रमुखमा माओवादीको तर्फबाट धनजित शाही (आदर्श)को उम्मेदवारी

२१ जेठ, कालिकोट । कालिकोट जिल्ला समन्वय समितिको निर्वाचनको लागि तिन दलीय गठबन्धन भएको छ। जिससको प्रमुख र उप-प्रमुख सहित ६ जना माओवादी केन्द्रको भाग परेको छ । २ सदस्य नेपाली काँग्रेसको भागमा र १ सदस्य  समाजवादीको भागमा परेको छ।

देशमा पाँचदलिय गठबन्धन भयता पनि कालिकोटमा तिन दलीय अस्थित्यो आएको छ ।  जसमा नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी)बिच गठबन्धन भएको छ ।  गठबन्धनको तर्फबाट जिससको प्रमुखमा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सचिव धनजित शाही (आदर्श )ले उम्मेदवारी दिएका छन्  भने गठबन्धन तर्फबाट माओवादीकी नेत्री मिना रावत(विक)ले उप-प्रमुखमा उम्मेदवारी दिएकी छिन ।

यता नेकपा एमालेबाट तर्फबाट तुलाराज शाहीले जिससको प्रमुखमा उम्मेदवारी दिएका छन् । यता खाँडाचक्र नगरपालिका मेयर कमल बहादुर शाही स्वतन्त्र हाँस चिन्नबाट विजय भएका थिए । तर उनी विचारजा आधारमा एकीकृत समाजवादी हुन् । तर उनी अहिलेसम्म खुलेको छैन् । शाही अहिलेसम्म पार्टीमा पनि फर्किएका छैन् । अब कुन दललाई सहयोग गर्छन । भने आमा जनताको कौतुहलता भएको छ ।

जिल्लामा ९ वटा स्थानीय तह मध्य रास्कोट नगरपालिका प्रमुख,  खाँडाचक्र नगरपालिका उप-प्रमुख, शान्नित्रिवेणि अध्यक्ष, महावै गाउँपालिका अध्यक्ष,शुभकालिका गाउँपालिका अध्यक्ष ,पचालझरना गाउँपालिका अध्यक्ष ,पलाँता गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नरहरिनाथ गाउँपालिका उपाध्यक्ष सहित एक नगरपालिका प्रमुख र एक उप-प्रमुख र  पाँच वटा गाउँपालिका अध्यक्ष र दुई उपाध्यक्ष माओवादीले विजयी गरेको छ ।

त्यस्तै  तिलागुफा नगरपालिका मेयर,नरहरिनाथ गाउँपालिका अध्यक्ष ,शुभकालिका गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसले विजयी गरेको छ।  एक नगरपालिका प्रमुख र दुई उपाध्यक्ष काँग्रेसले विजयी गरेको छ ।

यता तिलागुफा नगरपालिका उप-मेयर,शान्नित्रिवेणि गाउँपालिका उपाध्यक्ष ,महावै गाउँपालिका उपाध्यक्ष नेकपा एमाले विजयी गरेको छ। एक नगरपालिका प्रमुख र दुई उपाध्यक्ष एमाले विजयी गरेको छ। यस्तै रास्कोट नगरपालिका उप-प्रमुख नेकपा एकीकृत समाजवादीले विजयी गरेको छ।

प्रतिक्रिया दिनुहोस्