समाचार

जिल्ला समन्वय समिति कास्कीमा एमालेकाे प्यानल विजयी

२० जेष्ठ २०७९, शुक्रबार १२:४९
जिल्ला समन्वय समिति कास्कीमा एमालेकाे प्यानल विजयी

२० जेठ, पाेखरा । जिल्ला समन्वय समिति कास्कीमा नेकपा (एमाले)काे प्यानल विजयी भएकाे छ ।

शुक्रवार भएकाे जिसस निर्वाचनमा एमालेकाे प्यानल विजयी भएकाे हाे भने प्रमुखमा एमालेका लिलाधर पौडेल विजयी भएका छन् ।

उपप्रमुखमा सरिता कुमाल विजयी भएकी छन् । जसमा एमालेकाे पक्षमा ६ र गठबन्धनको पक्षमा ४ मत रहेका थिए । प्रमुखमा गठबन्धनबाट कांग्रेसका दीपेन्द्र ढकाल र उपप्रमुखमा माओवादीबाट उषा थापा उम्मेदवार रहेका  थिए ।

प्रतिक्रिया दिनुहोस्