समाचार

वडा अध्यक्ष ताम्राकार पदभार ग्रहण लगतै खानेपानी मर्मत गर्न आफै खटिदै

१८ जेष्ठ २०७९, बुधबार ०८:४०
वडा अध्यक्ष ताम्राकार पदभार ग्रहण लगतै खानेपानी मर्मत गर्न आफै खटिदै

१८ जेठ, कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर १ का अध्यक्ष धर्मराज ताम्राकारले पदभार ग्रहण लगतै खानेपानी मर्मत गर्न आफै सडक आएका छन ।

स्थानीय तहको निर्वाचनमा उनी माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका हुन । उनले भने वडा १ का सबै जनताको घर घरमा पानी ल्याएर पछि आफू अन्य एजेन्डामा हात हाल्ने बताएका छन। साथै सबै काम एकै पटक गर्दा अलमल हुने नयता को काम हुन्छ नयताको काम हुन्छ । त्यसैले छिटोछरितो पनि हुने । एक काम सकाएर अर्को एजेन्डामा आफू सक्रिय भएर लाग्ने ताम्राकारले बताए ।

उनीसँगै अध्यक्ष ताम्राकार सहितको टोलि एक हप्ता देखि नै मर्मतमा लागि परेको छ । खानेपानीका पाइप बिगत ५/६ महिना देखीनै पहिरोले गर्दा पाएप भाँचिएको थियो । त्यस यता अघिल्लो अध्यक्षले खानेपानीको पाइप मर्मतमा नजर नै नपुगी कार्यकाल सकिएको स्थानीय बसिन्दा बताउन्छन ।

अध्यक्ष ताम्राकारले भने स्वस्थ्य, शिक्षा, विद्युत र सडकसंगै अघिल्लो सरकारले गरेका कमि कमजोरीलाई निहाल्दै अझा सुधार बनाएर जाने बताए ।

प्रतिक्रिया दिनुहोस्