समाचार

संसदमा प्रधानमन्त्री देउवाले के जवाफ दिए ?

१४ जेष्ठ २०७९, शनिबार १६:०९
संसदमा प्रधानमन्त्री देउवाले के जवाफ दिए ?

१४, जेठ, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका सवालको जवाफ दिएका छन् ।

जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले छिटफुट घटनालाई लिएर स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्न नमिल्ने बताए ।

प्रधानमन्त्री देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको जिकिर गरे । उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रष्ट रहेको उल्लेख गर्दै भूमिसम्बन्धी विषयमा कुनै समस्या भए कूटनीतिक पहलबाट समाधान गर्ने मान्यतामा सरकार रहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले सरकार नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताए । उनले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन पनि सरकार सचेत रहेको सुनाए । सांसदका प्रश्नको जवाफ दिएलगत्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्