राजनीति

कांग्रेस महाधिवेशन : नुवाकोटको सभापतिमा महत विजयी

११ मंसिर २०७८, शनिबार १५:२६
कांग्रेस महाधिवेशन : नुवाकोटको सभापतिमा महत विजयी

नुवाकोट: नेपाली कांग्रेसको आसन्न १०औँ महाधिवेशनअन्तर्गत नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी भएको छन् ।

सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ । सभापतिमा निर्वाचित महतले ८३३ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी डा केदारनरसिंह केसीले ८२३ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ तथा सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल विजयी भएको छन्।

शुक्रबार भएको मतदानको आज परिणाम घोषणा भएको हो । जिल्ला सदस्यको मतगणाना भने जारी छ । सभापतिमा विजयी महत डा रामशरण महतका भतिजा थिए भने उनका प्रतिस्पर्धी डा केसी अर्जुननरसिंह केसीका भाइ थिए । रासस

प्रतिक्रिया दिनुहोस्