शिक्षा

हर्टिकल्चरका विद्यार्थीले पाँचवटा विषयमा लोक सेवा दिन पाउने निर्यण

१२ जेष्ठ २०७९, बिहीबार ०९:१७
हर्टिकल्चरका विद्यार्थीले पाँचवटा विषयमा लोक सेवा दिन पाउने निर्यण

१२, जेठ, इलाम । इलामको महेन्द्ररत्न क्याम्पसमा हर्टिकल्चर (बागवानी) अध्ययनरत विद्यार्थीले पाँचवटा विषयमा लोकसेवाले परीक्षा दिन पाउने निर्यण गरेकाे छ ।

मापदण्ड पुगेका विषयमा लोकसेवा परीक्षा दिन पाउनुपर्ने माग गर्दै हर्टिकल्चरका विद्यार्थीले संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका थिए ।

No description available.

प्रदेश नम्बर १ लोकसेवा आयोगले हर्टिकल्चरमा स्नातक विद्यार्थीलाई हर्टिकल्चरसहित माटो विज्ञान, कृषि प्रसार, बाली संरक्षण र बाली विज्ञानमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेकाे हाे ।

यस्ता छन् निर्यणहरु
कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले गरेकाे सिफारिसअनुसार त्रिभुवन विश्वविद्यालय विद्यापरिषद बैठकले हर्टिकल्चरसहित पाँच विषयलाई कृषि स्नातक विषयसरह मान्यता दिने निर्णय गरेको थियो ।

त्यसपछि पाठ्यक्रम विकास केन्द्रले यी विषयहरूको छुट्टै समकक्षता गरिरहनु नपर्ने लेखी पठाएकाे हाे । याेसँगै ‘राजपत्र अंकित तृतीय श्रेणी अर्थात् अधिकृत वा सोसरहको पदमा हर्टिकल्चरका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

बीएस्सी हर्टिकल्चरमा आठौँ सेमेस्टर अध्ययनरत किशाेर आचार्यले ढिलै भए पनि आफूहरूले राहत महसुस गरेकाे बताए । ‘अब मापदण्ड पुगेका विषयहरूमा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट एमएस्सी एग्रीकल्चर पढ्न पाउनुपर्ने पनि हाम्राे माग छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थाद्वारा मान्यताप्राप्त महेन्द्ररत्न बहुमुखी क्याम्पसमा मात्रै हर्टिकल्चर पढाइ हुन्छ । यहाँबाट हर्टिकल्चरका १ सय २० विद्यार्थी पास भइसकेका छन् । क्याम्पसमा अहिले १ सय ८ जना अध्ययनरत छन् । हाल ३५ जिल्लाका विद्यार्थीले हर्टिकल्चर पढिरहेका आचार्यले बताए ।

No description available.

प्रतिक्रिया दिनुहोस्