समाचार

घट्यो सुनचाँदीको मूल्य

१२ जेष्ठ २०७९, बिहीबार ०८:३४
घट्यो सुनचाँदीको मूल्य

१२ जेठ, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

बुधबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहिबार तोलामा ४ सय रुपैयाँले घटेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै, आज चाँदी भाउ पनि घटेको छ । बुधबार तोलामा एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार तोलामा ५ रुपैयाँले घटेर एक हजार २७० रुपैयाँ मूल्यमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्