राजनीति

कालिकोटका ९ वटै स्थानीय तहका जनप्रतिनिधिले खाए शपत ग्रहण

९ जेष्ठ २०७९, सोमबार १३:०१
कालिकोटका ९ वटै स्थानीय तहका जनप्रतिनिधिले खाए शपत ग्रहण

९ जेठ,कालिकोट । कालिकोटका ९ वटै जनप्रतिनिधिहरुले शपत ग्रहण खाएका छन । जिल्ला सामान्य समितिको हलमा दिउसो १ बजे शपथ ग्रहण कार्यक्रम भएको हाे ।

निर्वाचन अधिकृत लाल काजी श्रेष्ठद्वारा खाँडाचक्र नगरपालिकाका नवनिर्वाचित मेयर कमल बहदुर शाही, रास्को नगरपालिका नवनिर्वाचित मेयर धर्मराज शाही र तिला गुपाका नवनिर्वाचित मेयर शंकर उपाध्यायले शपथ ग्रहण खाएका छन् ।

“मुलुक र राजनीतिप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु, इश्वर र देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकियसत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रती पूर्ण बफादार रहदै, नगरपालिकाको नगर प्रमुख र गाउँ पालिका पदको कामकाज प्रचलित कानुनको अधिनमा रही ।” भने र सबै जनप्रतिनिधिहरुले शपथ खाएका छन् ।

सथै ६ वटै गाउँपालिका पलाता गाउँपलिकाका अध्यक्ष बिष्णु बहादुर रोकाय, शुभकलिका गाउँपालिकाका अध्यक्ष गोबिन्द्र आचार्य(अनिल), पचलझरना गाउँपालिकाका अध्यक्ष देवराज शाही, महावै गाउँपालिकाका अध्यक्ष खेम सिंह, नारहरिनथा गाउँपालिका र सान्नीत्रिवेणि गाउँपालिकाका स्वतन्त्र उम्मेदवार महेश केसीले शपथ ग्रहण खाएका छन ।

प्रतिक्रिया दिनुहोस्