राजनीति

खाँडाचक्र नगरपालिका ४ लाई उज्यालो वडा बनाउने नवनिर्वाचित अध्यक्ष प्रभानन्द आचार्यकाे घोषणा

९ जेष्ठ २०७९, सोमबार ०२:२३
खाँडाचक्र नगरपालिका ४ लाई उज्यालो वडा बनाउने नवनिर्वाचित अध्यक्ष प्रभानन्द आचार्यकाे घोषणा

९ वैशाख, कालिकोट। नवनिर्वाचित वडा अध्यक्ष युवा नेता प्रभानन्द आचार्य ६ महिना भित्रै उज्यालो वडा बनाउने घोषणा गरेका छन् ।

उनी खाँडाचक्र नगरपालिका वडा नम्बर ४ का नवनिर्वचित वडा अध्यक्ष हुन । उनी नेपाल कम्युनिष्ट पार्टी मओवादी केन्द्रबाट भारी मतदान्तर निर्वाचित भएका हुन् ।

आचार्यले असर देखि साउनसम्म सबैको घर घरमा मिटर जोडान गर्ने । साउनमै उज्यालो वडा बनाउने आफ्नो पहिलो प्रतिबद्धता हो । बिगत १० बर्ष देखि नै सबैको घर घरमा विद्युतको पोल जोडान गरे पनि । तर विद्युत छैन । अघिल्लो सरकारले पनि गर्न सकेन्न । सदरमुकामको सबै भन्दा नजिक रहेको नगरपालिकामा र सबैको नजर परेको वडा ४ भएको कारण आफुले विद्युतलाई पहिलो प्राथमिकता राखेको हौँ।

विद्युत नै पहिलो किन ? भन्दा उनले भने विद्युत बिकसका पुर्वाधार मध्य एक हो । जस्तै विद्युत भएको भए विद्यार्थीलाई नयाँ नयाँ प्रबिधि बिकास हुन्छ । नयाँ तरिका सिक्ने अवसर मिल्छ । गाउँको सुन्दरता झुल्किन्छ । साथै उद्योग, कारखाना, मिल, संघ संस्था, लागयत धेरैमा प्रचुर सम्भावना देखेको छु । त्यसैले आफुले विद्युत नै पहिलो रोजेको हौं ।

दोस्रोमा मेरो खानेपानीमा आफ्नो जोड रहेको छ । साविको बर्दिगाउँमा युनिसेफद्वारा १५० घरमा दुरीमा एक घर एक धारा कार्यक्रम आएको थियो । तर सबै जनताको धरामा पनि खस्यो । तर ४ देखि ५ दिनसम्म आयो । बिगत १ बर्ष देखि खानेपानी पनि ओझेलमा परेको छ । यो पनि म मेरो कार्यकालमा पूरा गर्ने आचार्यले बताए ।

साथै स्वस्थ्य, शिक्षा, कृषि, खानेपानी र सडक पनि आफ्नो पहल भइरहेको छ । अघिल्लो सरकारले गरेका कामलाई नै निरन्तरता दिदै अझै नयाँ ढंगले काम गर्ने आफ्नो प्रतिबद्धता रहेको उनले बताए । स्वस्थ्य र शिक्षामा धेरै अनियमता भएको छ । अनियमतालाई रोक्ने र अझै सुधार गरेर जाने उनले बताए ।

युवाको नेतृत्व गर्दौ बिगत २ दशक देखि नै राजनीतिमा सक्रिय रहेका छन । उनी अनेरा स्ववियु क्रान्तिकारिका अध्यक्ष र नगर कमिटिका सचिवसमेत हुन ।

प्रतिक्रिया दिनुहोस्