समाचार

मोरङको रंगेलीमा एमालेका बगडिया र उप मेयरमा पराजुली विजयी

८ जेष्ठ २०७९, आईतवार १५:२०
मोरङको रंगेलीमा एमालेका बगडिया र उप मेयरमा पराजुली विजयी

८ वैशाख, विराटनगर । पार्टी परिवर्तन गरेर मोरङको रंगेली नगरपालिकाको मेयरमा उम्मेदवार बनेका दिलिप बगडिया विजयी भएका थिए।

नेकपा एमालेका उम्मेदवार दिलीप बगडियाले १२ हजार ६८१मत प्राप्त गर्दै मेयरमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मोदराज घिमिरेले ९०६१ मत प्राप्त गरे ।

यसैगरि उपमेयरमा एमालेकी भुमा कुमारी पराजुलीले ११ हजार ७९० मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी जसपाका पन्नालाल मण्डलले ५ हजार १७५ मत प्राप्त गरे।

रंगेलीको मेयरमा निर्वाचित बगडिया अघिल्लो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । उनी मेयर छँदै नेकपा एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्