राजनीति

एमालेले सत्ता गठबन्धनलाई हराएर कलैया उपमहानगर जित्यो

६ जेष्ठ २०७९, शुक्रबार १३:५४
एमालेले सत्ता गठबन्धनलाई हराएर कलैया उपमहानगर जित्यो

६ जेठ, बारा ।  बाराको कलैया उपमहानगरपालिकामा एमाले विजयी भएको छ।

मेयरमा एमालेका विनोद साहले २२ हजार ९६ मत ल्याएर जित हात पारे। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेश राय यादवले १६ हजार ८७६ मत पाएका छन्।

अघिल्लो निर्वाचनमा राजेशसँगै १८४ मतान्तरले पराजित साहले यसपटक क्षतिपूर्तिसहित जित निकाल्ने भएका छन् । उनी आफूमात्र जित्दै छैनन्, उपमेयरमा पनि एमालेकै रौशन पर्विन पनि जित नजिक छिन् । केहीबेरमा विजयको औपचारिक घोषणा हुँदैछ ।

 परविनले १७ हजार ३३५ मत ल्याइन्। उनका प्रतिस्पर्धी जनता समाजवादीका प्रमोद गुप्ताले १६ हजार ७७० मत पाए। २०७४ को चुनावमा कलैयाको मेयर र उपमेयर दुबै कांग्रेसले जितेको थियो।

देशका ६ महानगरपालिका र १० वटा उपमहानगरपालिकाका उम्मेदवारको मतगणनाको छिनछिनमा अपडेट भइहरेका बेला मधेस प्रदेशको ठूलो जनघनत्व ओगट्ने कलैया उपमहानगरपालिकाको चर्चा भने कमै चल्यो ।

प्रतिक्रिया दिनुहोस्