समाचार

हाम्रो,राम्रो सुखी र समृद्धि नगर बनाउन दलिय स्वार्थ आफ्नो दलको नीति निर्देशनलाई पर राखी जनताको हरेक समस्यालाई आत्मसात गर्नुपर्छ- लक्ष्मी चौलागाई(शैलेन्द्र )

६ जेष्ठ २०७९, शुक्रबार ०२:५१
हाम्रो,राम्रो सुखी र समृद्धि नगर बनाउन दलिय स्वार्थ आफ्नो दलको नीति निर्देशनलाई पर राखी जनताको हरेक समस्यालाई आत्मसात गर्नुपर्छ- लक्ष्मी चौलागाई(शैलेन्द्र )

६ जेठ, कालिकोट । खाँडाचक्र नगरपालिकालाई हाम्रो,राम्रो सुखी र समृद्धि बनाउनको निम्ति सबैले आफ्नो पार्टी दलिय स्वार्थ आफ्नो दलको नीति निर्देशनलाई पर राखी जनताको समस्यालाई आत्मसात गर्नुपर्ने कालिकोट जिल्ला समन्वय समितिको संयोज लश्मी चौलागाई(शैलेन्द्र)ले निर्देशन दिएका छन् ।

निर्वाचित भएर आएका नगरपालिकाका ११ वडाका अध्यक्ष साथैसदस्यले आफ्नो पार्टीको दलिय स्वार्थ, पार्टीको निर्देशन भन्दा पनि जनताको हरेक समस्यालाई आत्मसात गर्नु पर्ने बताए ।

शैलेन्द्रले हिजो कालिकोटको जिल्ला सामान्य समितिमा आयोजिक कार्यक्रमा बोल्दै भने “अझै कालिकोटमा स्वस्य्थय, गुणस्तरीय शिक्षा, राष्ट्रिय प्रशारण लाइनलाई जस्ता समस्याको समाधान गर्न सकेका छौँ । साथै केहि हाम्रो दम्भ, घमण्ड,सिमा, कमजोरीले गर्दा केहि सोचेको जस्तो सफलता हासिल गर्न नसके पनि मुलभूत रुपमा प्रतिगामकारी प्रबिधिको पराजय गरि देशव्यपी रुपमा जुन क्रान्तिकारी र माओल सिर्जना गरेका छौँ यसमा हामी गर्भ गर्छौं । “

अहिले गठबन्धनले प्रतिगामीकारीको पूर्ण रुपमा अन्त्य गर्न नसकेपनि प्रदेश र संघको चुनावमा पराजय गर्ने हाम्रो प्रतिबद्धता रहेको छ । नेपाली जनताको परिवर्तन लामो पछि प्राप्त भएको संविधान माथी धबा बोल्दै जुन प्रतिगामीको एकाएक जन्म भो एक पटक मात्र होइन दोस्रो पटक पनि जन्म भो हामीले त्यसको अन्त्य गरे जननिर्वाचित प्रतिनिधिको केन्द्रमा सांसदको हत्या गर्ने प्रयास भो । त्यो प्रक्रिया प्रदेश सरकारमा पनि संक्रमण हुन् खोजेको त्यहि स्थानीय सरकारमा पनि संक्रमण हुन् खोजेर राजनीतिक हत्या हुन खोजेको थियो । जननिर्वाचित जनताको प्रतिनिधित्योको भावना बिपरित जुन देशमा देखा पर्यो त्यसको विरुद्ध हामी उभियौं ।

प्रतिक्रिया दिनुहोस्