राजनीति

खाँडाचक्र नगरपालिकाका नवनिर्वाचित प्रमुख र उप-प्रमुखलाई प्रमुख निर्वाचन अधिकृत श्रेष्ठद्वारा प्रमाणपत्र वितरण

५ जेष्ठ २०७९, बिहीबार १५:२६
खाँडाचक्र नगरपालिकाका नवनिर्वाचित प्रमुख र  उप-प्रमुखलाई प्रमुख निर्वाचन अधिकृत श्रेष्ठद्वारा प्रमाणपत्र वितरण

४ जेठ, कालिकोट । खाँडाचक्र नगरपालिकामा नवनिर्वाचित प्रमुख र उप-प्रमुखलाई प्रमुख निर्वाचन अधिकृत लालकाजी श्रेष्ठद्वारा प्रमाणपत्र वितरण गरिएको छ ।

जिल्लाको मुटुमा रहेको खाँडाचक्र नगरपालिका नवनिर्वाचित नगर प्रमुख कमल बहादुर शाही र नवनिर्वाचित उप-प्रमुख गणेश शाही (आकाश)लाई निर्वाचन अधिकृत श्रेष्ठबाट प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

नगरप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का कर्णाली प्रदेश कमिटी सदस्य एयम कालिकोट जिल्ला उपाध्यक्ष समेत रहेका शाहीले स्वतन्त्र चुनाव चिन्ह हाँसबाट चुनाब लडेका थिए । शाहीले प्रमुखमा २ हजार ९१९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार जसी प्रसाद पाण्डेले २ हजार ६०९ मत ल्याएर पराजित भएका छन् । पाण्डेले शाहीसंग ३ सय १० मतदान्तर पराजित भएका छन् ।

त्यस्तै उप-प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र एकिकृत समाजवादीका साझा उम्मेदार गणेश बहादुर शाही (आकाश ) हसिया हतौडाबाट विजय भएका थिए ।

नगरप्रमुख र उप-प्रमुखसंगै नगरपालिकाका ११ वडा अध्यक्षसंगै महिला सदस्य, खुल्ला सदस्य, दलित महिला सदस्यलाई समेत प्रमाण पत्र वितरण गरिएको थियो ।

उक्त आयोजित कार्यक्रमा बोल्दै नवनिर्वाचित नगरप्रमुख शाहीले भने ” एकान्तक राज्यसत्ताको सिर्जना गरेका सबै प्रकारका विभेदहरु अन्त्य गरेर धेरै आन्दोलन २०६३ को जनआन्दोलन र जनयुद्द सबै पार गरेर नेपाली जनताले आफ्नो रक्त रंजितद्वारा संविधानबाट प्राप्त गरेको यो लोकतान्त्रिक गणतन्त्र र त्यतिबेला सिंह दरबारमा पाउने सुबिधा वडामा पाई रहेको अवस्था छ। प्रत्यक वडामा सुविधा दिने, यो नगरलाई सम्पन्न गराउने अथवा नगरलाई कुन मार्गमा डोराउने यहाको जनताको भाग्य रेखा मो मोडेलमा कोर्ने भने हाम्रो हातमा आएको छ । सबै जनप्रतिनिधिको हातमा आएको छ ।

हामी नबिर्सी जनताले दिएको भिक्ष र यो कहिल्यै पनि नबिर्सिने गरि दिएको भीक्षा आफु कहिल्यौ नर्बिर्सिने आफ्नो प्रतिबद्धता रहेको उनले बताएका छन् । साथै आफु कदम कदापी गलत गरे भने पनि अन्याय, पक्षयपाद, नाताबाद कृपाबाद नहुने आफ्नो प्रतिबद्धता रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्