राजनीति

भरतपुर महानगर पछिल्लो अपडेट : रेनु दाहालको अग्रता फराकिलो

४ जेष्ठ २०७९, बुधबार ००:५२
भरतपुर महानगर पछिल्लो अपडेट : रेनु दाहालको अग्रता फराकिलो

४ जेठ, काठमाडौं । भरतपुर महानगरको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् ।

अहिलेसम्म २३ हजार ६ सय ८५ मत गणना भएको छ । जसमा दाहालले ८ हजार ३ सय १६ मत प्राप्त गरेकी छिन् । यता एमालेका विजय सुवेदीले ७ हजार ४ सय ६८ मत ल्याएका छन् । सुवेदीलाई ८४८ को मतले पछि पारेकी छिन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले ३ हजार ८ सय ७६ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ९ सय ८४ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले ६ हजार १ सय ५६ मत ल्याएकी छिन् । अहिले वडा नम्बर ६ को मत गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्