राजनीति

महावै गाउँपालिकामा अध्यक्षमा भिजनको अग्रता कायमै

४ जेष्ठ २०७९, बुधबार ००:२९
महावै गाउँपालिकामा अध्यक्षमा भिजनको अग्रता कायमै

४ जेठ, कालिकोट । महावै गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार खेम बहादुर सिंह(भिजन)को अग्रता कायमै रहेको छ ।

उनले एक हजार २ सय ५१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मातृका सिंहले ७ सय ल्याएर पछैरहेका । भिजनले मातृका भन्दा ५ सय ५१ मतदान्तर अग्रता लिएका छन् ।

यस्तै उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टि (एमाले) उम्मेदवार दानसिह सेजुवाल पनि अग्रता कायमै रहेको छ । उनले १ हजार १ सय ४९ मतले ल्याएका छन भने उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी उम्मेदवार सृजन शाहिले ५ सय ७९ पाएका छन् । सेजुवालले शाहि भन्दा ४६५ मतदान्तर पछि पछि गइरहेका छन।

भिजन माओवादीका सक्रिय युवा हुन् । गाउँपालिकादेखि केन्द्रसम्म राम्रो छबि बनाएका युवा नेता हुन् । उनी मुख्यमन्त्रीका सोकीय सचिसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्