राजनीति

शुभकालिका र शान्नित्रिवेणिको अध्यक्षमा आचार्य र केसी विजयी

३ जेष्ठ २०७९, मंगलवार ०७:११
शुभकालिका र  शान्नित्रिवेणिको अध्यक्षमा आचार्य र केसी विजयी

३ जेठ, कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गोविन्द आचार्य (अनिल) विजय भएका छन् भने शान्नित्रिवेणि गाउँपालिकाका अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहन बहादुर केसी (महेश )निर्वाचित भएका छन् ।

त्यसै शुभकालिकामा उप-अध्यक्षमा धर्मकला शाही निर्वाचित भएका छन् भने यता शान्नित्रिवेणिमा उपाध्यक्षमा नेकपा एमालेकी पार्वती सिंह निर्वाचित भएका छन् ।

गोविन्द आचार्यले २ हजार ४ सय ९ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष शाहीले २ हजार ३४ मत ल्याएर विजयी भएका छन् । यता शान्नित्रिवेणि गाउँपालिकाका अध्यक्षमा स्वतन्त्र उम्मेदार केसीले १ हजार ८सय २२ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष सिंहले १हजार ६ सय ८१ मत ल्याएर विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवार केसी माओवादी हुन् । टिकट नदिएपछि उनले शान्नित्रिवेणि अध्यक्षमा बागी उम्मेदार दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्