राजनीति

पलाँता गाउँपालिका अध्यक्ष रोकाय र उपाध्यक्षमा बम विजयी

३ जेष्ठ २०७९, मंगलवार ०६:४२
पलाँता  गाउँपालिका अध्यक्ष रोकाय र उपाध्यक्षमा बम विजयी

३ जेठ, कालिकोट । जिल्लाको पलाँता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले भारी मतदान्तरले विजयी हासिल गरेका छन ।

अध्यक्षमा विष्णु बहादुर रोकायले २ हजार दुई सय ९२ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका केशरसिंह बमले १४१३ मतले ल्याएका छन । बम रोकायासंग ८ सय ७९ मतदान्तरले पराजित भएका छन।

यस्तै उपाध्यक्षमा माओवादीकी अलैपूरा जैशी विजयी भएकी छन् भने उनले १७४३ मत ल्याएकी छिन । उनका प्रतिस्पर्धी नेकपा एमालेकी जलशा कुमारी बुढाले १५२३ मत ल्याएकी छिन । जैशी जलशासंग २ सय २० मतदान्तरले पराजित भएकी छिन।

यसै अघि पनि पलाँतामा माओवादीले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्