समाचार

खाँडाचक्रको प्रमुखमा कमल र उप-प्रमुखमा गणेश विजयी

३ जेष्ठ २०७९, मंगलवार ०५:५८
खाँडाचक्रको प्रमुखमा कमल र उप-प्रमुखमा गणेश विजयी

३ जेठ, कालिकोट । कालिकोटमा वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा खाँडाचक्र नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीका नेता कमल बहादुर शाही नगर प्रमुखमा विजय भएका छन् भने उप-प्रमुखमा माओबादीका नेता गणेश शाही विजय भएका छन् ।

शाहीले प्रमुखमा २ हजार ९१९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार जसी प्रसाद पाण्डेले २ हजार ६०९ मत ल्याएर पराजित भएका छन् । पाण्डेले शाहीसंग ३ सय १० मतदान्तर पराजित भएका छन् ।

उप-प्रमुखमा माओवादीका गणेश बहादुर शाही (आकाश )ले २ हजार ९२६मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी मिना शाहीले २ हजार ३९९ मत ल्याएकी छन् । शाहीले आकाशसंग ५ सय २७ मतदान्तर पराजित भएका छन् ।

प्रमुख र उप-प्रमुखमा जसरी मत माग्न्न जनताको घरदैलो कार्यक्रम गरेका थिए । उसै गरि अहिले विजय र्याली जनताको घरदैलो कार्यक्रमा मनाइ रहेका छन ।

शाहीले भने अब कालिकोटका जनताले विकाश पूर्वाधारहरुबाट बन्चित हुनु पर्दैन । सिंगो खाँडाचक्रमात्र नभई कालिकोटको विकास र समृद्धि गर्ने आफ्नो पहिलो प्रतिबद्धता गरेका छन ।

प्रतिक्रिया दिनुहोस्