राजनीति

“पाँच वर्षमा जसरी यो वडा अगाडि बढ्यो, हाम्रो तीब्र असन्तुष्टि भएको कारण आफूले अध्यक्षमा पुनः उम्मेदवारी दिएको हु”- पर्भानन्द आचार्य

२४ बैशाख २०७९, शनिबार ०१:४९
“पाँच वर्षमा जसरी यो वडा अगाडि बढ्यो, हाम्रो तीब्र असन्तुष्टि भएको कारण आफूले अध्यक्षमा पुनः उम्मेदवारी दिएको हु”- पर्भानन्द आचार्य

२४ बैशाख, कालिकोट । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द कालिकोटको तर्फबाट युवा नेता पर्भानन्द आचार्यले अहिले घरदैलो कार्यक्रम गरिरहेका छन् ।

जिल्लाको खाँडाचक्र नगरपालिका वडा न: ४ बाट उनी वडा अध्यक्षको उमेदवारी दिएका छन् ।  उनले “श्रमिकको मूल्य बजारको ब्यवस्था हामी बदल्छौँ किसानको अवस्था” एजेण्डा लिएर घरदैलो कार्यक्रम गरिरहेका छन् ।  कालिकोटको विकास र समृद्धिको नारा बोक्ने एक मात्र नेता हुन् ।

म सामाजिक विकास निर्माणमा विगत एक दशक देखिनै लागिरहेको हुनाले नै आफूलाई जनताले अघि बढ्ने सहयोग गररे पछि आफूले उम्मेदवारी दिएको हौँ । साथै सक्रियता भएकै कारण आफूलाई पार्टीले टिकट दिएको हो । 

उनी २०७४ सालमा पनि अध्यक्षमा उम्मेदवारी दिएको थिए । तर झीनो मतदान्तरले पराजित भए । पाँच वर्षमा जसरी यो वडा अगाडि बढ्यो यसप्रति हाम्रो तीब्र असन्तुष्टि भएको कारण आफूले अध्यक्षमा पुनः उम्मेदवारी दिएको उनले बताए ।

हाम्रो वडा कृषिमा निर्भर छ । सडक छ । तर गाडी र व्यवस्थित सडक छैन ।  बिगत पाँच वर्ष यता जुन किसिमले वडा विकास हुनुपर्थो त्यो भएन्  । वडामा अथा सम्भावना भएर पनि जुन किसिमको विकास हुनुपर्थो । त्यो किसिमको विकास हुन सकेन् । वडा सुशासन बिषयमा चुक्यो, विकास निर्माणलाई समावेशी बनाउने कुरामा चुक्यो, वडा देखि नगरपालिकासम्म बिभिन्न दललाई सँगै लिने बिषयमा चुक्यो, वडाका आफ्नो पूर्ण कार्यकालमा खर्च, स्रोत साधनमा उचित प्रयोग गर्नमा चुक्यो, विकास निर्मणका काम चुक्यो लगायतमा त्यसै कारण आफू पुनः अघि सरेको आचार्यले बताए ।

अहिले आफ्नो पहिलो प्राथमिकता भनेको नै  स्वास्थ्य, शिक्षा, सडक, कृषि र खानेपानी हो ।  शिक्षामा पछिल्लो समय धेरै अनियमितता भएको छ । सोझासाझा जनताका छोराछोरी पढ्ने ठाउँमा लाखौंको भ्रस्टाचार गर्ने । शिक्षक एक महिना नै छुटिमा बस्दिने । शिक्षा क्षेत्रनै भित्र भित्रै  खोक्रो हुँदै गएको छ । यसलाई अब प्राबिधिक शिक्षा बनाउने आफ्नो पहिलो प्राथमिकता हो ।

पाँच बर्षय सरकारले सहिखर्च गर्नमा चुक्यो । सडक, स्वास्थ्य, शिक्षा,कृषिमा ठूलो लगानी लगाउनु पर्नेमा ।  ठूलो लगानी मठ मन्दिर, खाने पनिमा लगायो । तर बजेट सहि ठाउँमा सदुपयोग भएको नभएको यसको अनुगमन वडाले गरें । पञ्चवर्षीय योजना भनेर वडामा माघी खाने भाडो बनेको छ । तर, खानेपानी पाइप जोडन गर्छन । दूई देखि तिन दिन धारोमा पानी आउँछ । तर  पञ्चवर्षीय योजनाको खोल ओढेर सोझासाझा जनता हैकम चलाएका छन् । यसको म अन्त्य गर्ने मेरो दास्रो प्रतिबद्धता ।

अब जनताले मलाई पत्याए भने स्वास्थ्य, शिक्षा, सडक र बिद्युतमा आफ्नो पहिलो नजर हुन्छ । भ्रस्टाचारको अन्त्य, सुशासन, विकास र समृद्धि, युवा तथा महिला स्वरोजगार बनाउने पहिलो मेरो प्रतिबद्धता ।  जेष्ठ नागरिक र अपाङ्गताका समस्या हाल गर्ने मेरो दोस्रो प्रतिबद्धता रहेको छ ।

स्वास्थ्य, शिक्षा र कृषिमा वडाले बिशेष प्याकेज ल्याएर आउने छ । सर्ने र नसर्ने रोग त्यसमा क्यान्सर, मधुमेह, कोरोनालागायतका बाट ग्रसित नागरिकलाई सहि उपचार सुबिधा पुराउने भने हाम्रो पहल छ । अनि कृषिमा हाम्रो नगरपालिकामा वडा ४ आधारित परिवार छ । उनीहरुलाई कृषि सम्बन्धि बिभिन्न किसिमका प्याकेज ल्याउने । रासायनिक मलको कम प्रयोग गर्ने । बिभिन्न किसिमका सीपमूलक तालिम ल्याउने, युवा तथा महिला स्वरोजगार बनाउने नेता आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्