जीवनशैली

कसरी सासु र बुहारीको सम्बन्ध सुमधुर बनाउने अपनाउनुहोस् यी कुरा

११ मंसिर २०७८, शनिबार १४:०२
कसरी सासु र बुहारीको सम्बन्ध सुमधुर बनाउने अपनाउनुहोस् यी कुरा

काठमाडौं: नेपाली समाजमा विवाहलाई दुई जनाबीचमा मात्र नभई दुई परिवारको मिलन भन्ने गरिन्छ । यस्तोमा पत्नीसामू पतिको घरपरिवारको साथ सामन्जस्यपूर्ण व्यवाहार गर्नुले सम्बन्धमा एकदमै ठूलो प्रभाव पार्छ ।

तर यी सम्बन्धमा श्रीमान–श्रीमतीपछि दोस्रो महत्वपूर्ण सम्बन्ध हुन्छ सासु–बुहारीको । यी सम्बन्धमा पुरै परिवारको सुखशान्ति निर्भर हुन्छ । यसकारण सासुबुहारीको सम्बन्ध सुमधुर राख्नुपर्छ । सासुबुहारीकाे सम्बन्ध सुमधुर राख्न यसरी सक्नुहुनेछ ।

ज्योतीष शास्त्र अनुसार सासु-बुहारीको नाता आमा छोरी जस्तै हुने गर्दछ । तर कतिपय परिवारमा भने सासु र बुहारीको नाता सोचे जति राम्रो बनिदिँदैन । यद्यपि समझदारी र प्रेमबाट सासु-बुहारीको सम्बन्धलाई राम्रो बनाउन सकिन्छ । बिवाहको मौसम शुरु भएसँगै धेरै युवतीहरु पतिको घर जाँदैछन्, उनीहरुका लागि यो सामाग्री खास हुनसक्छ ।

  • सासु बुहारीबीचको मित्रता बढ्दै गयो भने सम्बन्ध सुमधुर हुन्छ र परिवारमा शान्ति हुन्छ ।
  • सासुले बुहारीलाई आफ्नो छोरी जसरी व्यवहार गर्ने र बुहारीले पनि सासुलाई आफ्नो आमाको जसरी मायाँ गरेमा सम्बन्ध आफैँ सुमधुर बन्छ ।
  • यदि दुबैले सम्बन्ध राम्रो बनाउन घाँटीमा चाँदीको चेन लगाउनु पर्दछ । दुबैले एकअर्कालाई सेतो वस्तु आदानप्रदान गरिराख्दा पनि सम्बन्धमा मिठास आउँछ ।
  • सासु–बुहारीको सम्बन्धलाई मजबुत बनाउन एक–अर्कालाई सम्मान गर्नुपर्छ । सासुसँग सल्लाह लिएर काम गर्दा सम्बन्ध अझै राम्रो हुन्छ । सासुलाई आफ्ना अनुभवहरु सेयर गर्ने वातावरण बनाइदिनुपर्छ ।
  • सासु घरकी अभिभावक हुने हुँदा उनको जीवनप्रतिको बुझाइ र भनाइलाई पनि ध्यान दिनुपर्छ ।
  • यदि तपाईंलाई धेरै बोल्दा सासुसँग विवाद बढिरहेको आशंका लागेमा आवश्यकमात्र बोल्नुहोस् वा चुप भएर बस्नुहोस् ।
  • सासुले सम्बन्ध राम्रो बनाउनको लागि मंगलवार सूजीको हलुवा बनाएर मन्दिरमा चढाउनु पर्दछ ।
  • एक अर्कामा राम्रो मेलमिलाप होस् त्यसका लागि, सूर्योदय भन्दा पहिला घर बडार्ने र घरलाई सफा राख्ने गनुपर्दछ ।
  • यदि बुहारीले प्रत्येक विहन सूर्य भगवानलाई शखर मिश्रित जल चढाएमा सम्बन्ध सुमधुर हुन्छ ।
  • यदि दुबैले सम्बन्ध राम्रो बनाउन घाँटीमा चाँदीको चेन लगाउनु पर्दछ । दुबैले एकअर्कालाई सेतो वस्तु आदानप्रदान गरिराख्दा पनि सम्बन्धमा मिठास आउँछ ।

प्रतिक्रिया दिनुहोस्