राजनीति

आरजु राणाविरूद्ध निर्वाचन आयोगमा उजुरी

२३ बैशाख २०७९, शुक्रबार १६:४८
आरजु राणाविरूद्ध निर्वाचन आयोगमा उजुरी

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

 हरिश प्रसाद अवस्थी नामगरेका मतदाताले निर्वाचन आयोगमा राणाविरुद्ध उजुरी दिएका हुन् । उनले आरजूले स्थानीय तह निर्वाचन कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने भनि दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको उजुरीमा उल्लेख गरिएको छ।

उजुरीमा भनिएको छ, ‘नेपाली कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले स्थानीय तह निर्वाचनको प्रचारका क्रममा कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने भनी दिएको अभिब्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको छ ।’

नेतृ राणाले दिएको अभिव्यक्तिले मतदातालाई अनुचित प्रभाव पार्न खोजेको अवस्थीको आरोप छ । ‘उक्त अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरित छ र यसले मतदाता र करदाताको गम्भीर अपमान गरेको हुनाले उनलाई सो विषयमा स्पष्टीकरण सोधि कानुन अनुसार कारवाहि गरियोस्,’ उजुरीमा माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्