समाचार

औपचारिक रुपमा फुट्यो विप्लवको पार्टी

२३ बैशाख २०७९, शुक्रबार १६:४२
औपचारिक रुपमा फुट्यो विप्लवको पार्टी

२२ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ। शुक्रबार नेकपा औपचारिक रुपमा विभाजित भएको हो।

चितवनमा भएको धर्मेन्द्र बास्तोला समूहको राष्ट्रिय भेलाबाट नेकपा (बहुमत) गठनको घोषणा गरिएको छ । भेलाले बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको एक नेताले जानकारी दिए । महाधिवेशन आगामी फागुन १ गते हुनेगरी टुंगो लगाइएको एक नेताले जानकारी दिए ।

राष्ट्रिय भेलाले एकीकृत जनक्रान्तिको कार्यदिशा खारेज गरेको छ भने वैज्ञानिक समाजवादी क्रान्ति भनेर नयाँ कार्यदिशा तय गरिएको छ ।   नयाँ पार्टीमा विप्लव समूहबाट छुट्टिएर २५ केन्द्रीय सदस्य आफूहरुतिर आएको बास्तोला समूहको दाबी छ ।  केन्द्रीय समितिको निणर्य विपरीत स्थानीय तहको निर्वाचनमा सहभागी भएको र कांग्रेस-एमालेसँग गठबन्धन गरेको विषयलाई लिएर नेकपामा विवाद सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्