समाचार

कांग्रेसका बागी उम्मेदवार पार्टीबाट निष्कासित

२३ बैशाख २०७९, शुक्रबार १६:३२
कांग्रेसका बागी उम्मेदवार पार्टीबाट निष्कासित

२२ वैशाख, धादिङ । स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेस धादिङले कारबाही गरेको छ ।

यही वैशाख ३० गते हुने निर्वाचनमा कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकालाई कारबाही गरेको हो ।

केन्द्र र जिल्लाको अनुरोधलाई बेवास्ता गर्दै उम्मेदवारी कायमै राखेका पार्टीका सदस्यहरु कल्पना अधिकारी (नीलकण्ठ नगरपालिका), टेकजंग लामा (नेत्रावती डबजोङ गाउँपालिका), फूलबहादुर तामाङ (खनियावास गाउँपालिका) र सरिता तामाङ (खनियावास गाउँपालिका) लगायतलाई पार्टी सदस्यबाट निस्कासन गरिएको कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार उम्मेदवारका प्रस्तावक र समर्थक रहेका पार्टी सदस्यहरूलाई समेत निष्कासन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्