पत्रपत्रिका

काठमाडौं महानगरको प्रमुख र उपप्रमुखमा ९२ जनाको उम्मेदवारी

२२ बैशाख २०७९, बिहीबार ०१:३४
काठमाडौं महानगरको प्रमुख र उपप्रमुखमा ९२ जनाको उम्मेदवारी

२२ वैशाख, विराटनगर । देशकै ठूलो काठमाडौं महानगरपालिकामा ९२ जनाले प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको १ लाख ४५ हजार ९२ जना उम्मेदवारमध्ये कामपामा यति धेरैले उम्मेदवारी दिएका हुन् ।

काठमाडाैंमा प्रमुखका लागि ५५ र उपप्रमुखमा ३७ जनाले उम्मेदवारी दिएका छन् । कामपाको प्रमुख पदमा एमालेको तर्फबाट केशव स्थापित र गठबन्धनको तर्फबाट प्रकाशमान सिंह पत्नी सिर्जना सिंहले उम्मेदवारी दिनुभएको छ ।मेयरमा ३५ जनाले स्वतन्त्र र २० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मेयरमा उम्मेदवारी दिने केही पार्टी पहिलोपटक र नयाँ दल देखिएका छन् । मौलिक जरोकिलो पार्टी, आधुनिक नेपाल समाजवादी, आमूल परिवर्तन मसिहा पार्टी, नेपाली कांग्रेस र नेपाली कांग्रेस बीपी, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय यथार्थवादी, सचेत नेपाली पार्टीलगायतले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

प्रमुखमा उम्मेदवारी दिएका अधिकांश दलले उपमेयरमा समेत उम्मेदवारी दिएका छन् । स्वतन्त्रमा सबैभन्दा धेरैले उम्मेदवारी दिएका छन् । स्वतन्त्रमा विनय स्थापित, कान्ति तुलाधर (वज्राचार्य), सन्देश शाक्य, रोशन शाही, सुनील श्रेष्ठ, सरेन्द्र वज्राचार्य, रविकान्त मानन्धर, न्हुज मानन्धर, बालेन्द्र शाह, ज्ञानु लामा तामाङ, विपीनराज वैद्य, बच्पनराज श्रेष्ठ छन् । सुमन साय्मी, दीपक सिलवाल, मधुसूदन खड्का केसी, निमकान्त पाण्डे, स्वइट थापा, शैलेन्द्रमान श्रेष्ठ, जेठा महर्जन, राजन कार्की, सुशील थापा क्षेत्री, किरण रञ्जित, विजय मानन्धर, अमोट महर्जन, सूर्य थापा श्रेष्ठ, राजेन्द्र बस्नेत, बाबुराजा संगत, प्रणेशबहादुर मल्ल, महेन्द्र प्रजापति, मनीष श्रेष्ठ, शैलेश ढुंगाना, राहुल मानन्धर, उमेशकुमार सिंह, इन्द्रमणि कपाली र रञ्जितमान शाक्य रहेका छन् ।

अधिकांश उम्मेदवारले काठमाडौंबासीलाई आफ्नो पक्षमा ल्याउन घरदैलो अभियानलाई तीव्र पारिएको छ । उनीहरुले दलधारी उम्मेदवारभन्दा पनि आफूहरु विकासप्रेमी भएको भन्दै स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । अबको आठ दिनमा स्थानीय तहको निर्वाचन हुनै लाग्दा देशैभर स्वतन्त्र उम्मेदवारको बिगबिगी देखिएको छ । ६ वटा महानगरमा स्वतन्त्र उम्मेदवारको लर्को देखिएको छ । ललितपुर, पोखरा, विराटनगर, वीरगन्ज, भरतपुर र काठमाडौंको मेयर र उपमेयरमा स्वतन्त्र उम्मेदवारको संख्या अधिक छ ।

उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य छ । निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा स्वतन्त्र उम्मेदवारको संख्या सबैभन्दा बढी छ । निर्वाचन आउनै लाग्दा अधिकांश स्वतन्त्र उम्मेदवारले आफ्नो संकल्प, प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।यो निर्वाचनमा एमाले र नेपाली कांग्रेसबीचको उम्मेदवारमा कडा प्रतिस्पर्धा हुने आँकलन गर्न सकिन्छ । अधिकांश स्थानीय तहमा पाँच दलीय गठबन्धनको एकल उम्मेदवार बनाउने योजना असफल भएपछि समस्या भएको हो । न्युज अफ नेपालबाट 

प्रतिक्रिया दिनुहोस्