राजनीति

कांग्रेसको सरकार बनेमा ६५ वर्ष पुगेपछि भत्ता दिन्छ : प्रधानमन्त्री देउवा

२१ बैशाख २०७९, बुधबार ११:५९
कांग्रेसको सरकार बनेमा ६५ वर्ष पुगेपछि भत्ता दिन्छ : प्रधानमन्त्री देउवा

२१ वैशाख, विराटनगर । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिइने बताएका छन्।

कांग्रेस मोरङले आज (बुधबार) विराटनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।देउवाले भने, एमालेले ७० वर्षमा वृद्धभत्ता दिएको र आफूहरूको सरकार आए ६५ वर्षमा नै वृद्धभत्ता दिन्छौँ ।

 सत्ता गठबन्धनसँग एकल रूपमा खडा भएको एमालेलाई उपमहानगरपालिकामा यो निर्वाचन उसको शक्ति परीक्षणको रूपमा हेरिएको छ।  उसो त देशका ६ ​महानगरपालिकामध्ये ४ महानगरपालिकामा पनि एमाले एक्लै चुनावी मैदानमा छ । एमालेले भरतपुर र वीरगन्ज महानगरपालिकामा भने तालमेल गरेको छ । भरतपुरमा राप्रपा र वीरगन्जमा लोसपासँग तालमेल भए पनि उपमहानगरमा भने एमालेले कसैसँग तालमेल नगरेको हो ।

निर्वाचन आयोगका अनुसार ११ उपमहानगरपालिकामा सबै पार्टी र स्वतन्त्र गरी १८१ जनाको उम्मेदवारी परेको छ भने उपमेयरमा ११० जनाको उम्मेदवारी परेको छ । यस्तै मेयर र उपमेयरसहित सबै पदमा गरी कुल ६ हजार १०९ जनाको उम्मेदवारी परेको छ । तुलनात्मक रूपमा मधेस क्षेत्रमा उम्मेदवारी दिनेको चाप धेरै देखिन्छ ।

उनले स्थानीय, प्रदेश र संघीय चुनावमा पनि जिताउन आग्रह गरेका थिए। देउवाले सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए। केही चित्त नबुझे पनि धोका नदिन उनले कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्