राजनीति

नेत्रविक्रम चन्द विप्लवलाई पार्टीबाट निष्कासित

२१ बैशाख २०७९, बुधबार ११:४१
नेत्रविक्रम चन्द विप्लवलाई पार्टीबाट निष्कासित

२१ वैशाख, काठमाडौँ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाटका एक समूहले विप्लवलाई पार्टीबाट निष्कासन गरेको छ।

बुधबार चितवनको टाँडीमा बसेको धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई कारबाही गरेर पार्टीको नेतृत्वबाट हटाउने निर्णय गरेको हो।यसअघि विप्लवसहित बसेको नेकपाको बैठकले केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शन र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको थियो ।

स्थानीय तह निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा पार्टीमा विवाद चर्केकाे थियाे । यही विषयकाे विवादले उग्र रूप लिँदा बास्तोला पक्षले विप्लवलाई पार्टीबाट निष्कासन गरेको छ।   विप्लव पक्षका केही कार्यकर्ताले ठाउँ ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्