समाचार

भाइरल म्यादी प्रहरी पक्राउ

२१ बैशाख २०७९, बुधबार ११:१६
भाइरल म्यादी प्रहरी पक्राउ

२१ वैशाख,  कपिलवस्तु। पदको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत् अपराध गर्न उक्साएको भन्दै म्यादी प्रहरी नवराज रेग्मी पक्राउ परेका छन्।

सामाजिक सञ्जालमार्तफ् कानुनले बर्जित गरेका कुराहरु गर्दै केही दिनदेखि उनी भाइरल बनेका थिए। उनको भिडियो भाइरल भएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‘निज नवराज रेग्मीलाई मंगलबार नै नियन्त्रणमा लिएका हौं। अभद्र व्यवहार कसुरमा मुद्दा चलाउने तयारी छ। केही दिनअघि म्यादी प्रहरीको पहिरनमा टिकटक बनाएकी एक युवतीलाई प्रहरीले कारबाही गरेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्