जीवनशैली

जाडोमा अदुवा खानुका फाइदा

११ मंसिर २०७८, शनिबार १३:२६
जाडोमा अदुवा खानुका फाइदा

काठमाडाै‌ । नेपाली घरमा अत्यन्त कम किचनहरु छन् हाेला जहाँ अदुवा नै नहाेस् । अदुवा निकै स्वादिलो मसलाजन्य परिकार हो । यो जति स्वादिलो छ उत्तिकै गुणकारी तथा लाभदायी पनि हुन्छ ।

अदुवामा जिंगेरोल नामक तत्व हुन्छ जुन शक्तिशाली औषधीय गुणयुक्त तत्व हो । गर्मीमा त्यति नरुचाइए पनि अदुवा त जाडाेमा चियामा पनि हालेर खाइन्छ । चियामात्र हाेइन अदुवा हालेर जाडाेमा सुप खाँदा पनि निकै फाइदाजनक हुन्छ । त्यसैले पनि अदुवालाई महा‌औषधीसमेत भन्ने गरिएकाे छ ।

  • उच्च रक्तचापका बिरामीले पनि अदु्वा खानू हुँदैन ।
  • गर्भवतीले पनि अदुवा नखाँदा नै ठीक हुन्छ । पछिल्लो तीन महिना त झनै अदुवा खानुहुँदैन ।
  • तौल बढाउन चाहनेले पनि अदुवा नखाएको राम्रो ।
  • यसले रक्तप्रवाहलाई सन्तुलित बनाउन सहयोग गर्दछ । अदुवामा क्रोमियम, म्याग्नेसियम तथा जिंक लवण पाइन्छ जसले रक्तप्रवाहलाई नियमित र सन्तुलित बनाउँदछ ।
  • महिलाहरुलाई महिनावारीको समस्या छ भने पनि अदुवा सेवन गर्नु हुँदैन । रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ ।
  • मांसपेशी दुखाईबाट छुटकारा पाउन अदुवाले ठूलो भूमिका खेल्छ।दुखेको ठाउँमा यसको लेप लगाउँदा दुखाई कम हुनजान्छ। त्यस्तै, श्वास-प्रश्वाससम्बन्धी संक्रमण भएमा अदुवा खाँदा फाइदा हुन्छ।साथै श्वास गन्हाउने समस्याबाट छुटकरा पाउन पनि यसको सेवन गर्न सकिन्छ।यसले पेटमा उत्पन्न हुने ग्यासलाई कम गर्छ।
  • · जिउको कुनै मांशपेशी दुखेको तथा सुन्निएको छ भने अदुवा त्यस्तो पीडा कम गर्न उपयोगी हुन्छ । यसलाई नियमित रुपमा चपाएर वा अन्य परिकारमा मिसाएर खानाले यसले मांशपेशीले दुखाइ विस्तारै कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्