समाचार

गोरखामा माओवादी र जसपाबीच तालमेल

२१ बैशाख २०७९, बुधबार ०३:३६
गोरखामा माओवादी र जसपाबीच तालमेल

२१ वैशाख, गोरखा । गोरखा नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ।

तर जनता समाजवादी पार्टी (जसपा)का डा. बाबुराम भट्टराईको जोडबलका कारण शीर्ष नेताहरु सहमत भए । पालुङटारको उपमेयर र गोरखा नगरपालिकाको मेयर र उपमेयरमा आफ्नो उम्मेदवारलाई जसपाले समर्थन गर्ने गरी कांग्रेसले बलपूर्वक दीपकबाबु कँडेलले लाई ‘ब्याक’ गरायो ।

मेयरमा माओवादीका कृष्ण राना र उपमेयरमा जसपाका नारायण खत्री रहने गरी तालमेल भएको छ। यसअघि गोरखाकै गण्डकी गाउँपालिकामा पनि माओवादी र जसपाबीच तालमेल भएको थियो।

शीर्ष नेताहरुको चर्को दबावपछि १८ वैशाखमा विज्ञप्ति जारी गरेका कँडेलले पार्टी केन्द्रको निर्णय मान्ने भन्दै जसपा उम्मेदवार प्रेमबहादुर गुरुङलाई समर्थन गरेको आशय जनाए । जसपाले उपमेयरको उम्मेदवारी फिर्ता लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्