समाचार

माओवादी केन्द्र र माओवादी क्रान्तिकारीबीच एकता

२१ बैशाख २०७९, बुधबार ०३:१०
माओवादी केन्द्र र माओवादी क्रान्तिकारीबीच एकता

२१ बैशाख, काठमाडौं । मंगलबार नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा दुई पार्टीबीच एकता तथा समायोजन भएको हो । माओवादी अध्यक्ष प्रचण्डले माओवादी केन्द्र (क्रान्तिकारी) का चार दर्जन बढी नेता-कार्यकर्तालाई पार्टीमा स्वागत गरे छन् ।

क्रान्तिको निरन्तरतामा बाँकी कार्यभार सम्पन्न गर्दै समाजवादी यात्रामा अघि बढ्ने विषयमा प्रतिवद्धतासहित माओवादी केन्द्रसँग एकता गरेको माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकेशले बताए ।

छरिएर रहेका सबै माओवादी शक्ति/समूह र कम्युनिष्ट, प्रगतिशील एवं देशभक्तहरूलाई जनताको परिवर्तनको मुख्य संवाहक माओवादी केन्द्रमा एकीकृत/ध्रुविकृत हुन उनले आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्